नियम ३१
परियोजना समितिको गठन
(१) नेपाल सरकारले तोकेको ठूला प्रकृतिका सिंचाइ परियोजनाको कार्यान्वयनको लागि एक परियोजना समिति गठन गरिने छ ः
(२) परियोजना समितिमा देहायका अध्यक्ष र सदस्यहरु रहने छन् ः–
(क) सचिव, सिंचाइ मन्त्रालय – अध्यक्ष
(ख) महानिर्देशक, सिंचाइ विभाग – सदस्य
(ग) महानिर्देशक, कृषि विभाग – सदस्य
(घ) प्रतिनिधि, अर्थ मन्त्रालय – सदस्य
(ङ) प्रतिनिधि, राष्ट्रिय योजना आयोग – सदस्य
(च) प्रतिनिधि, सामान्य प्रशासन मन्त्रालय – सदस्य
(छ) सम्बन्धित परियोजना प्रमुख – सदस्य–सचिव